• १३ वैशाख २०८१, बिहिबार

नेप्से परिसूचक २५.६६ अङ्कले वृद्धि

blog

काठमाडौं, जेठ २३ गते । सोमबार १७.३८ अङ्कले गिरावट आएको नेप्से परिसूचकमा वृद्धि भएको छ । मङ्गलबार नेप्से परिसूचक २५.६६ अङ्क बढेर १९२७.६५ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.८७ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स १.७७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अङ्कले बढेका छन् ।

आज कारोबारमा भएका २६९ कम्पनीको ५५ लाख ४१ हजार कित्ता शेयर एक अर्ब ९८ करोड १० लाख रुपियाँ बराबरको शेयर खरिदबिक्री भएको छ । सोमबारको तुलनामा कारोबार रकम पनि सामान्य वृद्धि भएको छ । सोमबार एक अर्ब ९७ करोड ३४ लाख रुपियाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक ५.६७ प्रतिशत बढेको छ । त्यस्तै, निर्जीवन बीमा उपसमूहको परिसूचक ४.६४ प्रतिशत बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक ३.१५ प्रतिशत बढेको छ ।

त्यस्तै, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्से परिसूचक २५ अङ्कले बढ्दा न्यादी हाइड्रोपावरको शेयरमूल्य ९.८५ प्रतिशतले बढेको छ । त्यस्तै, सोल्टी होटलको शेयरमूल्य ८.७५ प्रतिशत बढेको छ । आज सोल्टी होटलको नौ करोड ६८ लाख रुपियाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।