• ७ जेठ २०८१, सोमबार

अर्थतन्त्रका सूचक हेर्दा मुलुक अप्ठ्यारो अवस्थामा छ : सांसद पौडेल

blog

मङ्गलबार सिंहदरबारमा अर्थ समितिको बैठकका सहभागी सांसद् विष्णुप्रसाद पौडेललगायत । तस्बिर: रत्न श्रेष्ठ/रासस

काठमाडौं, जेठ २ गते। नेकपा (एमाले) का सांसद विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रका सूचकहरू हेर्दा अप्ठ्यारो अवस्थामा रहेको बताउनुभएको छ। 

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको पहिलो बैठकमा बोल्दै सांसद पौडेलले यस्तो बताउनुभएको हो।  उहाँले अर्थतन्त्रका समस्या र चुनौतीको बीचमा सरकार अगाडि बढ्ने विषयमा सबैलाई जानकारी दिनुपर्ने बताउनुभयो। उहाँले मुलुकको अर्थतन्त्रका समस्या र चुनौती समाधान गर्नको लागि सरकारले अर्थ समितिलाई साथ लिएर जान सक्नुपर्ने बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘मुलुकको अर्थतन्त्रका सूचक हेर्दा अप्ठ्यारो अवस्थामा छौँ। अर्थतन्त्रका समस्या र चुनौतीको बीचमा सरकार कसरी अगाडि बढ्छ। त्यसमा समितिलाई समेत साथमा लिएर जो दायित्व सरकार अर्थमन्त्रीसँग हुनेगर्छ। आगामी बजेटमा अर्थ मन्त्रालय, राष्ट्र बैङ्क, प्राकृतिक स्रोत तथा वित्त आयोग, लगानी बोर्ड र राष्ट्रिय योजना आयोगसँग सम्बन्धी आर्थिक सूचकबारेमा अर्थमन्त्रीलाई समितिमा उपस्थित गराएर बैठक बस्ने प्रवर्द्धन गर्नुपर्छ।’’

उहाँले आगामी बजेटमा अर्थ मन्त्रालय, राष्ट्र बैङ्क, प्राकृतिक स्रोत तथा वित्त आयोग, लगानी बोर्ड र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित आर्थिक सूचक बारेमा अर्थमन्त्रीलाई समितिमा उपस्थित गराएर बैठक बस्ने प्रवर्द्धन गर्नुपर्ने माग राख्नुभयो।