• ७ जेठ २०८१, सोमबार

राष्ट्रिय सभा बैठक सर्‍यो

blog

काठमाडौं, जेठ २ गते । बुधबार बस्ने भनिएको सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । बुधबार अपराह्न ६ बजेर ३१ मिनेटमा बस्ने गरी बोलाइएको बैठक जेठ ५ गतेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

विशेष कारणवश स्थगित भएको बैठक जेठ ५ गते शुक्रबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी निर्धारण भएको सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

“मिति २०८० साल जेठ ३ गते बुधबार अपराह्न ६ बजे ३१ मिनेटमा बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम २०८० साल जेठ ५ गते शुक्रबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी निर्धारण गरिएको छ’’ सूचनामा भनिएको छ ।