• १३ साउन २०८१, आइतबार

दमकमा प्रहरी र प्रर्दशनकारीबीच झडप: केही सुरक्षाकर्मी घाइते

blog

दमकको एक अस्पतालमा उपचाररत घाइते प्रहरी ।

विष्णुप्रसाद पोखरेल

दमक, वैशाख २६ गते। कोशी प्रदेश नामाङ्कनको विषयमा असन्तुष्टि जनाउदै झापाको दमकमा मंगलबार साँझ राँके जुलुस निकाल्ने क्रममा झडप भएको छ। प्रहरी र प्रर्दशनकारीबीच झडप हुँदा एक दर्जन भन्दा बढी घाइते भएका छन्।

ईलाका प्रहरी कार्यालय दमकका अनुसार प्रर्दशनकारीले राँकोको मुस्लो र ढुंगाले हान्न थालेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको हो। भीड नियन्त्रणमा नआएपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ। घाइते प्रहरीको दमकस्थित लाइफलाइन अस्पताल र सरकारी दमक अस्पतालमा उपचार भइरहेको छ। केही प्रर्दशनकारीसमेत घाइते भएका छन्।

प्रहरीले भीड नियन्त्रणका लागि हानेको छर्राले लागेर दुई जना प्रदर्शनकारी घाइते भएको प्रहरीको भनाइ छ।  प्रर्दशनकारीले दमकको गणतन्त्र चोकमा एक घण्टाभन्दा बढी राँको बाल्दै सडकसमेत अवरोध गरेका थिए। प्रदर्शनकारीले सवारी साधन तोडफोड गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।