• १३ साउन २०८१, आइतबार

एकै गाउँका तीन किशोरी तीन दिनदेखि बेपत्ता

blog

धनगढी, वैशाख २५ गते । कैलालीको एकै गाउँका तीन किशोरी बेपत्ता भएका छन् । कैलारी गाउँपालिका–९ जमुनीपुरका तीन किशोरी तीनदेखि बेपत्ता रहेका हुन ।  

उनीहरू शनिवार साँझबाट सम्पर्कविहीन रहेको परिवारले जनाएका छन् । किशोरीहरू सम्पर्कविहीन भएपछि खोजबिनका लागि उनीहरूले इलाका प्रहरी कार्यालय हसुलियालाई आग्रह गरेका छन् । 

जमुनीपुरका १४ वर्षीया अविक्षा चौधरी, १७ वर्षीया सुविक्षा चौधरी र १७ वर्षकै बबी चौधरी बेपत्ता रहेका प्रहरी नायब निरीक्षक राजेन्द्रसिंह कार्कीले जानकारी दिनुभयो । उहाँले परिवारको मौखिक जानकारीपछि प्रहरीले खोजी कार्य सुरु गरेको उल्लेख गर्नुभयो । 

शनिबार साँझ सात बजेतिर उनीहरू घरबाट फरार भएर बेपत्ता भएको जनाइएको छ । उनीहरूले बोकेको मोबाइल पनि स्विच अफ रहेको सुविक्षाकी आमा जग्माले बताउनुभयो । 

Author

अविनाश चौधरी