• १३ साउन २०८१, आइतबार

स्वास्थ्यमा सुधारपछि राष्ट्रपति पौडेल स्वदेश फिर्ता

blog

तस्बिर : राष्ट्रपतिकाे कार्यालय

काठमाडौं, वैशाख १७ गते । भारतमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेल आइतबार राति स्वदेश फर्कनु भएको छ । 

वैशाख ६ गते उपचारका लागि भारत जानुभएका पौडेल आजै दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)बाट डिस्चार्जपछि स्वदेश फर्किनु भएको हो । 

उहाँ आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किनु भएको हो । 

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपति स्वदेश फिर्ता हुनुभएको जानकारी दिनुभएको हो । यसअघि आइतबार दिउँसो सार्वजनिक विज्ञप्तिमा राष्ट्रपतिलाई चिकित्सकले केही हप्ता आराम गर्न सुझाव दिएको उल्लेख छ ।

 

स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति पौडेल वैशाख ६ गते उपचारका लागि भारतको नयाँ दिल्ली जानुभएको हो। यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो।

यो पनि पढ्नुहोस

राष्ट्रपति पौडेल डिस्चार्ज : आजै नेपाल आउँदै

दिल्लीमा राष्ट्रपति पौडेलको उपचार सुरु