• १३ असोज २०८१, आइतबार

अध्यक्ष ओलीलाई निसाना बनाउने काम भयो : महासचिव पोखरेल

blog

पार्टीको ग्रासरुट कार्यक्रमको समीक्षा कार्यक्रममा महासचिव पोखरेल । तस्बिर : कविराज घिमिरे

कबिराज घिमिरे

हिले, बैसाख १७ गते । नेकपा (एमाले) का महासचिव शङ्खर पोखरेलले सरकारनिकट ब्यक्तिलाई संरक्षण गरी प्रतिपक्षीलाई निसाना बनाउने रणनीति सरकारले लिएको टिप्पणी गर्नुभएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिकाको नाम्जेमा एमालेको ग्रासरुट अभियानको समीक्षा बैठकका क्रममा उहाँले सो टिप्पणी गर्नुभएको हो ।

आन्दोलनको नाममा सरकारनिकट ब्यक्तिहरुको संरक्षण गर्ने र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पछिल्लो निसाना बनाएको उहाँको आरोप छ । एमाले पहिचानकै पक्षमा रहेकाले कोशी प्रदेशभित्रै पहिचानलाई समेटेर अघि बढ्ने उहाँले प्रष्ट पार्नुभयो ।

यसभन्दाअधि कोशी नदीमा रहेको ‘खुलालुङ बचाउ आन्दोलन’ का क्रममा कोशी नाम पहिचानमा जोडिएर आएकाले प्रदेशको ‘कोशी’ नामलाई पहिचानका रुपमा सबैले स्वीकार्नु पर्ने महासचिव पोखरेलले बताउनुभयो । फरक प्रसङ्गमा पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका पूर्व लडाकुहरुलाई दिन लागेको राहत अनुचित रहेको बताउनुभयो ।

“देश आर्थिक संकटमा परेका बेला यस्तो राहत दिइनु अनुचित रहेको उहाँले चर्चा गर्नुभयो । पूर्व लडाकुलाई आर्थिक प्याकेज दिइनुमा हाम्रो विरोध होइन, तर गलत समयमा दिइन लागेकाले अनुचित हो भनेका हौं” उहाँले भन्नुभयो । 

अध्यक्ष ओलीलाई पहिचानवादीको नाममा आक्रमणको प्रयास भएको घटनाप्रति एमाले कोसी प्रदेश मातहतका कमिटीले आपत्ति जनाएका छन् । तुलसीप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ, ‘अध्यक्षमाथि भएका हिंसात्मक र आपराधिक क्रियाकलापप्रति हामी घोर भत्र्सना गर्दछौ । जातीय तथा साम्प्रदायिक द्वेषलाई बढुवा नदिई लोकतन्त्रमा शान्तिपूर्ण तरिकाले कार्यक्रम गर्न पाउन सुरक्षाको ग्यारेन्टी गर्न सरकारसमक्ष हामी माग गर्दछौं’

बैसाख १३ गते पार्टीको कार्यक्रममा झापा र पाँचथर आउनुभएका अध्यक्ष ओलीलाई केही अराजक समुहले ठाउँ–ठाउँमा हुलहुज्जत गरेर अवरोध र आक्रमण गर्न खोजेको आरोप बिज्ञप्तिमा लगाइएको छ ।