• ९ मंसिर २०८१, आइतबार

सामाजिक विभेदको निरन्तरता

blog

समाज मानवनिर्मित अवधारणा हो । समाजमा विभिन्न समूह, वर्ग, जाति, लिङ्ग, धर्म र क्षेत्रबीच आपसी सम्बन्ध हुन्छ । सामाजिक प्रणालीभित्र आर्थिक संस्था, राजनीति र सांस्कृतिक पक्षहरूका बीचमा अन्तत्र्रिmया भइरहन्छ । यस अन्तत्र्रिmयालाई बुझ्न कार्ल माक्र्सको उत्पादन प्रणालीसँगको सिद्धान्त समाजको सामाजिक प्रणालीसँग गहन सम्बन्ध रहेको छ ।

कार्ल माक्र्सले जमिन, स्रोत र प्रविधिलाई उत्पादनका साधन मानेका छन् । यसैको माध्यमबाट समाजको श्रेणीगत विभाजन हुन्छ भनेका छन् । भूमि र अनाज हुने धनी वर्गमा रहन्थे भने नहुनेहरू दास वर्गमा रहन्थे । यस प्रकार आधारभूत संरचनामा परिवर्तन भएपछि उपरिगत संरचना (सामाजिक मूल्य, मान्यता, परिवार, विवाह, खानपान, वेशभूषा, संस्कार र संस्कृति) निर्धारण हुन पुग्छ । यसर्थ उत्पादन प्रणाली र सामाजिक संरचनाबीच घनिष्ठ सम्बन्ध रहेको मानिन्छ ।

मानव समाजको विकासको सन्दर्भमा प्राग्मानव ५०/६० जनाको समूहमा बस्ने गर्दथे । कन्दमूल (गिट्ठा भ्याकुर, सखरकन्द, तरुल, पानीअमला र जङ्गली फलफूल) र ठूला ठूला हिंस्रक जनावरको सिकार गरी काँचो मासु खाई जीवन निर्वाह गर्दथे । सबै समान रूपमा रहने प्राग्मानवको समाजमा वर्ग, जाति, लिङ्गका बीचमा कुनै भेदभाव थिएन । निजी परिवार र सम्पत्ति राख्ने प्रचलन थिएन । न्यायोचित वितरण प्रणाली अपनाउने समाज सम्पूर्ण रूपमा प्रकृतिमाथि नै निर्भर थियो ।

पृथ्वीको वातावरणमा चारवटा हिम युग (गुञ्ज, मिण्डेल, रिस, वुर्म) देखा प-यो । यसले गर्दा पनि मानिसलाई खाद्यपदार्थको सञ्चय गर्नुपर्ने बोध गरायो । परिणामस्वरूप गेदुम (जौ) लगाई तिनको रक्षाका लागि खक सोवाक (कुकुर) पालेर बाली भिœयाउने गर्दथे । दूधका लागि गौ/कौ/गा (गाई), मासुका लागि अभि (भेडा) पालिने गरिन्थ्यो भनेर मेसोपोटामियाको इतिहासमा पाइन्छ । वाहनका लागि अस्थ (घोडा) प्रयोग गर्दथे । यसरी कृषि युगमा नै आँट र क्षमता भएकाले खाद्यपदार्थ सङ्कलन गरी जीवन निर्वाह गर्दथे भने नहुनेहरू श्रमिकका रूपमा आश्रय लिने गर्दथे । नहुने वर्गले लुटपाट, चोरी, हिंसा गर्न‘ बाध्यता मानिन्थ्यो । यिनै वर्गलाई ऋग्वेदमा असुर भनिएको छ । यी असुरलाई हराएर दास बनाएको तथ्य ऋग्वेदमा (१०/८६/१९) वर्णन गरिएको छ । साथै वैदिक धर्ममा आस्था नराख्ने, खराब आचरण भएको, यज्ञ नगर्नेलाई नै दास शब्दको प्रयोग गरिएको छ । ऋग्वेदमा देवता र दानवका बीच भएको युद्धमा विजित वर्ग (देवता)ले हारेका (दैत्य) वर्गलाई दास जीवन बिताउन बाध्य पारेको वर्णन पाइन्छ । (१/१३०/८,३/२०/७)

‌उत्तर वैदिक कालमा आउँदा दासको प्रसङ्ग प्रशस्त पाइन्छ । दासलाई द्युतक्रीडा (जुवा)मा राख्ने, कृषि कर्ममा बारीमा नै बलि दिने चलन रहेको थियो । यस प्रकार दासको शारीरिक र मानसिक शोषण गरेर भूमिपतिले आफ्नो सम्पत्ति वृद्धि गर्दथे । यसरी पुँजी र प्रविधिले नै समाजमा मालिक र दास बनाएको देखिन्छ । नेपालको सन्दर्भमा प्राचीनकालीन नेपाली समाजमा पनि दास प्रथा रहेको लिच्छवि कालको अभिलेख (पृ.३, ४, ४८६)बाट थाहा हुन्छ । देवीदेवताको मन्दिरमा सेवा गर्ने दासदासीलाई सेवा गरेबापत दक्षिणा छुट्ट्याएको प्रसङ्गबाट यो प्रथा अधिक रूपमा रहेको थियो भन्ने प्रमाण मिल्छ ।

बाइसे र चौबीसे राज्यमा ऋण लिएर तिर्न नसक्नेलाई साहुले दास बनाई राख्दथे । पञ्चमहापातक (ब्रह्महत्या, सुरापान, चोरी, गुरु स्त्री गमन, यी चार जनासँग गरिएको सहवास) अपराधीलाई पनि दासका रूपमा राखिने गरिन्थ्यो । दासदासीका रूपमा पेसागत वर्गका समुदायलाई बिर्ता दिई आफ्नो आश्रयमा राख्थे । कर्णाली उपत्यकामा भूमिपतिहरूले दासदासीलाई पशुसरह किनबेच गर्ने, छोरीलाई दाइजोका रूपमा पठाइदिने गरिन्थ्यो । तिनीहरूको उमेर, यौवन, रूप र शारीरिक बनोटअनुसार मोलमोलाइ गरिन्थ्यो । सरकारी सेवामा संलग्न भएका व्यक्तिलाई समेत दासदासी (कमारा, कमारी) दिने प्रचलन रहेको थियो ।

मध्यकालीन समयमा दोलखा क्षेत्रमा भूमिपतिहरूले र पुँजीपतिले दासदासी राख्ने गर्दथे । पञ्च कचहरी बसेर उनीहरूको मूल्य तोकिएको हुन्थ्यो । दासलाई धरौटीमा राख्ने प्रचलन रहेको थियो । यस प्रकार मध्यकालीन समयमा धेरै पत्नी र दासदासी राख्नु कुलीन समाजको विशेषता मानिन्थ्यो । आधुनिक कालमा आउँदा पृथ्वीनारायण शाहले दास प्रथालाई रोक्ने प्रयास गरेका थिए (ऐतिहासिक पत्र सङ्ग्रह भाग १, पृ. २७) ।

भीमसेन थापाले दासप्रथा निर्म“ल गराउन निकै प्रयास गरे तर सकेनन् । एकीकरण अभियानको सन्दर्भमा राज्य विस्तार गर्ने भारदारहरूले विलासी जीवन बिताउन प्रशस्त मात्रामा दासदासी राख्ने गर्दथे । जमिनदार वर्गहरूले आफ्नो हैसियत हेरेर दास राख्ने गर्दथे । उच्च वर्ण मानिने ब्राह्मण र स्त्रीहरूले व्यभिचारी गरेमा कमारा कमारी बनाउने प्रचलन रहेको थियो । तिनीहरू शासकबाट भुजेल र घर्ती थर पाई समाजमा दासका रूपमा रहन्थे ।

राणाकालीन समयमा दासप्रथा चरम बिन्दुमा पुगेको थियो । प्रायः सबै वर्णका मानिस दासदासी बनेका हुन्थे । विशेषतः ब्राह्मण समुदायबाट भएको अवैध यौन सम्बन्ध र अछुतसँगको यौन सम्बन्धको परिणामबाट दास र अछुत जातिको सङ्ख्या धेरै रहेको थियो । यसको प्रमाणका रूपमा वि.सं. १८६३ मा ‘धनावती’ नामको कमारी (दासी) पशुपतिमा चढाएको प्रसङ्ग पशुपति भण्डारको ताम्रपत्रमा पाइन्छ । (शाहकालको अभिलेख भाग–२, पृ. ४२८) । तत्कालीन समयमा दासहरूले अति सानो गल्ती गरेमा कठोर शारीरिक सजाय दिइन्थ्यो । घरायसी काम गर्न सक्ने भएपछि दासका सन्तानलाई मालिकहरूले नै किनबेच गर्दथे । यस प्रक्रियामा पति पत्नी र प्रेमी–प्रेमिकाको विछोडलाई सामान्य रूपमा लिइन्थ्यो । त्यसबेलाको समयलाई चित्रण गरेर राष्ट्रकवि माधवप्रसाद घिमिरेले ‘मालती मङ्गले’ नामको गीतिनाटक सिर्जना गरेका थिए । २०४२ सालतिर नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले रङ्गमञ्चमा उतारेर तत्कालीन समाजको यथास्थितिलाई देखाइएको थियो ।

वि.सं. १९५८ मा दाजु देवशमशेरलाई पदच्युत गरेर चन्द्रशमशेर प्रधानमन्त्री भए । उनलाई दासप्रथा मोचन गर्न आन्तरिक र बाह्य दबाब परेको थियो । वि.सं. १८१९ मा बेलायतमा र १९१९ अमेरिकामा दासप्रथा मोचन भएको थियो । यसले गर्दा पनि बाह्य संसारमा नेपालको प्रतिष्ठा राख्न दासप्रथा मोचन गर्न कदम चालियो । यस प्रक्रियामा वि.सं. १९८० मार्ग १४ मा श्री ३ चन्द्रशमशेरले टुँडिखेलमा श्री ५ महाराजाधिराज, गुरु पुरोहित, राणा परिवार, भारदार, जङ्गी–निजामती, कर्मचारी, व्यापारी र साहुमहाजनसमक्ष गर्वका साथ करिया (दास) मोचनबारे भाषण दिए । उक्त दास मोचनमा तीन सूत्री कानुनी व्यवस्था गरिएको थियो ।

१. निश्चित मितिदेखि (वि.सं. १९८० मार्ग १४) नेपालभर दासप्रथाको कानुनी मान्यता समाप्त हुने ।

२. मालिकले आफ्नो नामको स्वामित्वमा भएको दासको तोकिएको रकम पाउने ।

३. मुक्ति पाएका दासदासीलाई उक्त मितिदेखि सात वर्षसम्म भूतपूर्व मालिकले नै भरणपोषण गर्न‘पर्ने‌ ।

यी तीनवटा कानुनी व्यवस्था गरी दास मोचन गरिएको थियो । मोचन हुने समयसम्म ५१ हजार ४१९ जना दासदासी थिए भने १५ हजार ७१९ जना मालिक थिए । ती दासदासीलाई मोचन गर्न चन्द्रशमशेरले पशुपतिनाथको भण्डारबाट १४ लाख रुपियाँ ऋण लिई तिनका मालिकबाट मुक्ति गरे । ती मोचन भएका करियालाई भित्री मधेशको भिक्षाखोरी जङ्गल कटान गरी राखेपछि उक्त ठाउँलाई अमलेखगन्ज भनियो । जसलाई पछि गएर चन्द्रनिगाहपुर पनि भनिन्छ ।

पशुपतिनाथको कोषबाट मुक्त भएकाले तिनलाई ‘शिवभक्त’ उपनामबाट नामकरण गरिएको थियो । जुन उपनाम वा थर आजसम्म पनि यदाकदा पाइन्छ । त्यसबेलाको दासदासीको मूल्य उमेरअनुसार फरक–फरक रहेको थियो । राणाकालीन समयको अन्त्यतिर आइपुग्दा ती मोचन भएका करियाले आफू बाँच्नका लागि पुरानो वा नयाँ मालिक खोजेर आफ्नो शरीर बन्धकी राखेर बस्न थाले । तिनलाई पछि गएर कमैया (पुरुष) र कम्लरी (स्त्री), हरवा चरुवा भनेर सम्बोधन गरियो ।

वि.सं. २००७ सालमा प्रजातन्त्र आए पनि नेपाली समाजको संरचनामा कुनै परिवर्तन भएको पाइँदैन । आफ्नो सामाजिक र आर्थिक हैसियत परिवर्तन गर्ने उद्देश्यले पहाडबाट तराई मधेशमा झरेका पहाडियाको भित्री मधेशमा बाक्लो बसोबास भएपछि थारू समुदायका मानिसले पहाडियालाई सस्तोमा जग्गा बेचे । मासु र मदिराको नशामा डुबेका थारू समुदायका मानिस बिस्तारै भूमिहीन बन्दै गए । साथै तराई क्षेत्रमा सरकारले औलो उन्मूलन गरेपछि नयाँ बस्ती पनि बसायो । तिनै पहाडियाको घरमा कमैया कमलरीका रूपमा आफ्ना छोराछोरीलाई पठाउन थाले । सांस्कृतिक र धार्मिक कार्यमा लिएको ऋणको साँवा–ब्याज तिर्न नसक्दा आजीवन हरवा चरुवा भई बसे । यो दासताको अवस्था हो । साहुमहाजनको ऋण तिर्न नसकेपछि साहुको घरमा नै बिनापारिश्रमिक सम्झौतामा बसेकालाई बाँधा भनिन्छ । भूमिपति वा बिर्तावालसँग नगद (कर्जा) लिएर जग्गा कमाउने (खनजोत, पौरख)लाई नै कमैया भनिन्छ । घरभित्रको काम गर्ने स्त्रीलाई कमलरी भनिन्छ । नेपालमा कमैया प्रथाको उन्मूलन वि.सं. २०५७ साउन २ गते भएको हो । 

पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा गरी करिब ३२ हजार ५०० जना कमैया रहेको सरकारी तथ्याङ्कमा छ । औपचारिक रूपमा हजारौँ कमैया जमिनदारको दासताबाट मुक्त भए ‌। त्यसपछिको व्यवस्थापन प्रभावकारी हुन सकेको छैन । केहीले सरकारी पक्षबाट आश्रयका लागि जग्गाजमिन पाए पनि अझै केहीले पाउन बाँकी छ । नपाएका कारण पुनः जमिनदारको आश्रयमा बस्नुपर्ने बाध्यतामा रहेका छन् । नयाँ पुस्तामा शिक्षा, तालिम, सीप र चेतनाको कारणले जीवन बिस्तारै परिवर्तन भएको देखिन्छ ।

तराई क्षेत्रमा दासका रूपमा बसेकालाई कमैया–कमलरी भनेजस्तै पहाडी क्षेत्रमा ऋण तिर्न नसक्दा आजीवन हलिया बसेको देखिन्छ । पहाडी जिल्लामा जमिनदारले विशेष गरी दलित समुदायको पुरुषलाई आपसी सहमतिमा हलो जोत्ने र खनजोत गर्नका लागि आफ्नो आश्रयमा राख्ने गर्दछन् । स्त्रीहरू भने पशुपन्छीको हेरचाहमा संलग्न हुन्छन् । शारीरिक शोषणको चरम बिन्दुमा पुगेका हलिया आर्थिक र सामाजिक विभेदभित्र शोषित भएका छन् । सरकारले वि.सं. २०६५ भदौ २० मा हलियालाई मुक्त गरेको थियो । यद्यपि जमिनको अभाव भएकाले हलिया पुरानो मालिकको आश्रयमा बस्नुपर्ने बाध्यतामा छन् ।

सिन्धुली जिल्लाको कमलाखुन्ज क्षेत्रमा साहुमहाजनको गाई गोरु चराउने चरुवा प्रथा अझै कायमै छ । यहाँ विशेषगरी मुसहर (तराई क्षेत्रको दलित)ले निरन्तरता दिएको देखिन्छ । वर्तमान समयसम्म आउँदा कमैया मुक्तिको घोषणाको २२ वर्ष पुगेको छ । कमैया श्रम (निषेध गर्ने)सम्बन्धी ऐन, २०५८ मार्फत हरवा चरवालगायत सबै किसिमका कमैया श्रमिक परिवारको मुक्ति, असमान श्रम सम्बन्ध र शोषणयुक्त प्रथाको अन्त्य तथा ऋण मोचन गरिसकेको छ । यद्यपि यो प्रथाको अन्त्य गर्न सकिने अवस्था छैन । भारतको हिमाञ्चल, बिहार र उत्तर प्रदेशमा नेपाली बालश्रमिकको सङ्ख्या प्रशस्त देखिन्छ । यसको पृष्ठमा आर्थिक र सामाजिक कारण नै रहेको छ ।

लेखक सामाजिक अभियन्ता हुनुहुन्छ ।

   

Author

डा. शोभा ढुङ्गाना