काठमाडौं, वैशाख ८ गते । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) ले एपीएफ क्लबमाथि कठिन जित निकालेको छ ।
च्यासल मैदानमा शुक्रबार भएको खेलमा एनआरटीले एपीएफलाई १–० गोलले हरायो । एनआरटीको जितमा सन्जिव विष्टले निर्णायक गोल गर्नुभयो । उहाँले ७९औं मिनेटमा गरेको गोल एनआरटीको जितमा प्रयाप्त बनेको थियो ।
एनआरटीको यो तेस्रो जित हो । ११ खेलबाट १३ अंक बनाएको एनआरटी १०औं स्थानमा छ । समान खेलबाट १४ अंक बटुलेको एपीएफ आठौं स्थानमा छ ।
एन्फा कम्प्लेक्स मैदानमा शुक्रबार नै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।