• २७ वैशाख २०८२, शनिबार

बागी उम्मेदवार र समर्थकको कारबाही फुकुवा गर्ने कांग्रेसको निर्णय

blog

फाइल तस्बिर

काठमाडौं, वैशाख ५ गते। नेपाली कांग्रेसले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्व वागी उम्मेदवारलाई गरेको कारबाही फुकुवा गरेको छ। 

कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले मंगलबार विज्ञप्ति जारी गर्दै २०७४ र २०७९ मा पार्टीले समर्थन गरेका उम्मेदवार विरुद्व बागी उम्मेदवारी दिएका र त्यस्ता बागी उम्मेदवारका प्रस्तावक र समर्थक बसेका तथा पार्टी हित विपरीत गतिविधिमा सङ्लग्न भएका कारण उनीहरु स्वतः कारबाहीमा परेकोमा सो कारबाही आजको मितिदेखि लागु हुने गरी फुकुवा भएको जानकारी दिनुभयो। तनहुँ, चितवन र बारा जिल्लामा पार्टी विधान विपरीत त्यसखाले गतिविधि गर्नेलाई जिल्ला, प्रदेश र केन्द्रीय अनुशासन समितिले सो निर्णय गरेको हो। 

यसैगरी, समितिले वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा तनहुँ १ मा पार्टीका उम्मेदवार गोविन्द भट्टराई, चितवन २ मा जीतनारायण श्रेष्ठ तथा बारा २ मा उपेन्द्र यादवलाई विजयी बनाउन आग्रह पनि गरेको छ।