• १२ असार २०८१, बुधबार

चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

blog

राजन रावत

हुम्ला, बैशाख २ गते । सिमकोट गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । हुम्लाबाट सङ्घीय संसदमा प्रतिनिधि सभाका सांसद छिरिङ डम्डुुल लामाले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।  

प्रतियोगिताको आयोजक कैलाश माध्यमिक विद्यालयका प्रधानाध्यापक मेजबहादुर बुढाले सिमकोट गाउँपालिकाका सात वटा माविबीच राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको बताउनुभयो । प्रतियोगितामा गाउँपालिकाका सैपाल, कर्णाली, कैलाश, मानसरोवर नमुना, बालमिन्दर, रलिङ र रामदेव माविले सहभागिता जनाएका छन् । 

पहिलो दिन प्रतियोगिताको उद्घाटन भएर खेलाडीले मार्चपास गर्नुभएको छ । प्रतियोगितामा छात्र तथा छात्राबीच भलिबल, ट्र्याक र फिल्ड गरी तेह्र इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा विद्यालयहरूले सबै विद्यामा सहभागिता जनाएका छन् । प्रतियोगितामा दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।