• १३ साउन २०८१, आइतबार

कोरोनाका १० हजार बिरामी थपिए

blog

नयाँ दिल्ली, वैशाख २ गते । बितेका २४ घण्टामा देशभर १० हजार ७५३ जना कोरोनाका बिरामी थपिएका छन् । शुक्रबार ११ हजार १०९ जना बिरामी भेटिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज (शनिबार) जनाएको छ ।

गत बिहीबार १० हजार १५८ जनामा कोभिड–१९ भेटिएको थियो । अहिले भारतभर ५३ हजार ७२० जना सक्रिय सङ्क्रमित छन् । बितेका २४ घण्टामा छ हजार ६२८ जना स्वास्थ्य लाभ गरी घर फर्केका छन् । हालसम्म चार करोड ४२ लाख २३ हजार २११ जना कोरोनामुक्त भएका छन् । रासस/एएनआई