• १३ असोज २०८१, आइतबार

ढुङ्गा लागेर आङबुहाङको निधन

blog

ताप्लेजुङ, वैशाख २ गते । तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुङ्गा लागेर ताप्लेजुङमा एक जनाको ज्यान गएको छ । आठराई त्रिवेणी गाउँपालिका –३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

आङबुहाङ फुलबारीस्थित सिरुवामा पर्ने तमोर नदीमा माछा मार्न जानुभएको थियो । आङबुहाङको टाउकोमा गम्भीर चोट लागेको छ । घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताउनुभयो । रासस