• १३ साउन २०८१, आइतबार

वर्षमान निवासमा अञ्जानमा गोली पड्केको प्रहरीकाे दाबी

blog

काठमाडौँ, वैशाख २ गते । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन निवासमा शुक्रबार राति गोली पड्केको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी दीपेन्द्र जिसीका अनुसार गोली नियतवश नभई अञ्जानमा पड्किएको जानकारी दिनुभयो । 

नेपाल प्रहरीका हवल्दार प्रकाश पुन मगरले बोकेको पेस्तोलबाट गोली पड्किएको जिसीले जानकारी दिनुभयो । नयाँ वर्षको अवसरमा पारिवारिक भेटघाटका क्रममा वर्षमान निवास बालुवाटारमा हवल्दार पुन पुगेका थिए । गोली पड्किदा नेता पुनका आमा ७४ वर्षीया तीर्थमाली पुनको खुट्टामा लागेको छ । उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको परिवार स्रोतले जानकारी दिनुभयाे । 

प्रहरी हवल्दार पुनको नाति नाता पर्ने परिवारले जनाएको छ । प्रहरी हवल्दार कामु प्रधानन्यायाधीशको सुरक्षाका लागि हिँड्ने पछुवा गाडीमा कार्यरत हुनुहुन्थ्यो । प्रहरीले हवल्दारलाई राति नै नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ ।