• १३ असोज २०८१, आइतबार

हाङझाव एसियाडको तयारी प्रशिक्षण वैशाखदेखि

blog

१९औं एसियाली खेलकुद ९एीसयाड०को तयारी र प्रशिक्षणबारे जानकारी दिँदै राखेप सदस्य सचिव टंकलाल घिसिङ । तस्बिर : राखेप

काठमाडौं, चैत २९ गते । चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुद (एीसयाड)को तयारी र प्रशिक्षण वैशाख ११ गतेदेखि सुरु हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले बुधबार आयोजित पत्रकार सम्मेलनमा पहिलो चरणको प्रशिक्षण बैशाख ११ देखि जेठ ३ गतेसम्म हुने जानकारी दिनुभयो । 

त्यसमा चार सय २५ खेलाडी सहभागी हुनेछन् । दुई सय ९५ खेलाडी सहभागी हुने दोश्रो चरणको प्रशिक्षण जेठ ६ देखि २५ गतेसम्म हुनेछ । अन्तिम चरणको प्रशिक्षण जेठ २६ देखि भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ । अन्तिम चरणमा खेलाडी संख्या एक सय ६८ कायम हुनेछ ।

प्रशिक्षण सुरु हुनुअघि बैशाख ३ देखि ७ गतेसम्म खेलाडी छनोट प्रतियोगिता हुनेछ । यो अवधिमा छनोट गर्न असमर्थ हुने खेलको हकमा भने औचित्य पुष्टीसहित समय हेरफेर गर्न सकिने सदस्य सचिव घिसिङले जानकारी दिनुभयो ।

सदस्य सचिव घिसिङले हाल तयारी प्रशिक्षणका लागि दुई करोड बजेट प्राप्त भएको बताउँदै थप बजेट पनि प्रदान गर्ने अर्थ मन्त्रालयले प्रतिबद्धता जनाएको जानकारी पनि दिनुभयो । ‘‘तयारी प्रशिक्षणका लागि अहिले २ करोड बजेट छ । यतिले पुग्दैन । नपुग रकम अर्थ मन्त्रालयले दिने प्रतिबद्धता जनाएको छ ।’ सदस्य सचिव घिसिङले भन्नुभयो–‘प्रशिक्षण करिब साढे पाँच महिना चल्छ । कुनैपनि हालतमा प्रशिक्षण रोकिदैन ।’’

नेपालले हाङझाव एसियाडमा सहभागिता जनाउने खेलहरुमा तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल (थ्री बाइ थ्री), फेन्सिङ, ह्यान्डबल, कबड्डी, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट र सुटिङ रहेका छन् । एसियाली खेलकुद यसै वर्षको सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुनेछ ।