• १३ असोज २०८१, आइतबार

स्वस्तीश्रीका खेलाडीले स्पेनमा प्रशिक्षण गर्ने

blog

स्पेन जाने स्वस्तीश्रीका खेलाडी । तस्बिर : राखेप

काठमाडौं, चैत २९ गते । स्वस्तीश्री गुरुकुल आइबी वर्ल्ड स्कुलका फुटबल खेलाडीले विशेष प्रशिक्षणका लागि स्पेन जाने भएका छन् ।

होल्यान्ड फुटबल युनिभर्सिटीको आयोजनामा हुने विशेष प्रशिक्षणमा सहभागिता जनाउन २० खेलाडी र दुई प्रशिक्षकसहित २२ सदस्यीय टोली बिहीबार स्पेन जान लागेको हो । 

टोलीको प्रशिक्षकमा ज्वाला विष्ट र स्कुलका ब्राण्ड एम्बेसडर तथा पूर्व राष्ट्रिय टिमका कप्तान अनिल गुरुङ हुनुहुन्छ । टोलीले बान्को शहरमा आयोजना विशेष प्रशिक्षण अप्रिल १४ देखि २४ तारिखसम्म हुनेछ । स्वस्तीश्री टोलीले स्पेनमा केही मैत्रीपूर्ण खेल पनि खेल्नेछ ।