• १३ असोज २०८१, आइतबार

अपाङ्गता भएका व्यक्तिलाई घरमै परिचय पत्र र ह्विल चेयर

blog

विजयप्रसाद सिटौलालाई परिचय पत्र र ह्विल चेयर प्रदान गर्दै गाउँपालिकाका टिम । तस्बिर : राधा लुइटेल

राधा लुइटेल
फिदिम, चैत २९ गते ।
 मेरुदण्डको पक्षघात (स्पाइनल कड इन्ज्युरी) भएर १७ महिनादेखि ओछ्यान परेका एक व्यक्तिलाई परिचय पत्र र ह्विल चेयर प्रदान गरिएको छ ।

पाँचथरको हिलिहाङ –४ निवासी विजयप्रसाद सिटौलालाई गाउँपालिकाले घरमै गएर अपाङ्गता परिचय पत्र र ह्विल चेयर प्रदान गरेको हो ।

गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश अधिकारी र स्वास्थ्य शाखा प्रमुख चन्द्र घिमिरेको टोलीले मङ्गलबार सिटौलाको घरमै  पुगेर परिचय पत्र र ह्विल चेयर प्रदान गर्नुभयो ।

उहाँका अनुसार ‘क’ वर्गको अपाङ्गता परिचय पत्र प्राप्त गरेसँगै सिटौलाले अब मासिक रूपमा प्रोत्साहन रकम प्राप्त गर्नुहुने भएको छ । सिटौला परिवारको आर्थिक अवस्था कमजोर रहेकाले थप सहयोग रहेको अध्यक्ष अधिकारीले बताउनुभयो ।