• १३ साउन २०८१, आइतबार

डिजिटल ठगी गरी ६० लाख लिने व्यक्ति पक्राउ

blog

काठमाडौं, चैत २६ गते । डिजिटल ठगी गरी ६० लाख रुपियाँ लिने पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं. २ घर भएका वर्ष २६ को विश्व शर्मालाई साइबर ब्युरोले पक्राउ गरेको छ । फेसबुकमा नक्कली खाता सिर्जना गरी माया प्रेमको प्रस्ताव राखेर विभिन्न समयमा र बैङ्कबाट ६० लाख रुपियाँ लिएको प्रहरीको अनुसन्धानबाट देखिएको छ । 

त्यसपछि पनि लगातार पैसा माग्न थालेपछि पीडितले साइबर ब्युरोमा उजुरी गरेपछि यो रहस्य बाहिर आएको हो । 

निज शर्मालाई पक्राउ गरी सामाजिक सञ्जालको दुरुपयोग गरी भएको ठगीअन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो । अदालतबाट चैत २४ गतेको आदेशले दिन पाँच म्याद थप भई अनुसन्धान भइरहेको  जानकारी साइबर ब्युरो भोटाहिटी काठमाडौँका प्रवक्ता पशुपति कुमार रायले जानकारी दिनुभयो ।

अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘‘उजुरी उपर आवश्यक प्राविधिक विश्लेषण तथा अनुसन्धान गर्दै जाँदा सामाजिक सञ्जाल फेसबुकमा आफ्नै सहपाठी महिला साथीको तस्बिर प्रयोग गरी फेक आइडी बनाई पीडित निवेदकसँग साथी बनी ठगी कार्यमा रहेको पाइयो ।’’