• १३ साउन २०८१, आइतबार

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौं, चैत २४ गते । प्रतिनिधि सभा बैठक जारी रहेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार दिउँसो १ बजेबाट बैठक सुरु भएको हो ।

आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शून्य समयपछि समसामयिक विषयमा सम्बोधन गर्नुहुँदैछ ।

त्यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७८–०७९’ पेस गर्नुहुनेछ ।

त्यस्तै, संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।