• १३ साउन २०८१, आइतबार

साहित्यकार सम्मानित

blog

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, चैत २० गते । बाँकेस्थित महेन्द्र पुस्तकालय नेपालगञ्जले आयोजना गरेको नेपाल–भारत साहित्य सङ्गोष्ठीमा भाषा आयोगका दुई जना सदस्यसहित नेपाल र भारतका २० जना साहित्यकारलाई सम्मान गरिएको छ ।

पुस्तकालयले भाषा आयोगका सदस्यद्वय डा. अमर गिरी र गोपाल अश्क, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य हंसावती कुर्मीलाई सम्मान गरेको हो ।

त्यसैगरी नेपाल–भारत साहित्य सङ्गोष्ठीका भारतीय संयोजक रजनीकान्त वशिष्ठ, भारतीय साहित्यकारहरू डा. रामबहादुर मिश्र, आराध्य शुक्ला, नूतन वशिष्ठ, अनुपमा शरद, पुनिता अवस्थी, अनमोल मिश्र, जय सिंह, ममता शुक्ला, अमिता पाण्डे, नवनीत मिश्रा, स्नेहलता, प्रतिप सारङ्ग, राजेश वर्मा, अलङ्कार रस्तोगी, द्वारिकानाथ पाण्डे र मनीषा खटाटेलाई पनि सम्मान गरिएको छ । 

सम्मानित हुनुभएका साहित्यकारलाई पुस्तकालयका अध्यक्ष बलराम यादव र भाषा आयोगका सदस्य डा. अमर गिरीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । 

यसअघि सङ्गोष्ठीकोे उद्घाटन गर्दै सदस्य डा. गिरीले नेपाल–भारतबीच सदियौँदेखि साहित्यिक सम्बन्ध रहेको बताउँदै सो सम्बन्धले नागरिकस्तरमा सुमधुर सम्बन्ध बनाउन सहयोग गरेको बताउनुभयो । 

अर्का सदस्य अश्कले नेपाल र भारतका साझा बोली, भाषा र भाषिका भएकाले सांस्कृतिक रूपमा सम्बन्ध सुमधुर रहेको बताउनुभयो ।