• ९ पुस २०८१, मङ्गलबार

डोल्पामा ६९ बोरा अवैध जटामसी बरामद

blog

बरामद जटामसी डिभिजन वन कार्यालयमा लैजान ट्रयाक्टरमा लोड गरिंदै । तस्बिर : विष्णुप्रसाद देवकोटा

विष्णुप्रसाद देवकोटा

डोल्पा, चैत १८ गते । अवैधरुपमा घरमा लुकाइछिपाई राखिएको अवस्थामा ६९ बोरा जटामसी डिभिजन बन कार्यालय डोल्पाले बरामद गरेको छ । ठूलीभेरी नगरपालिका –३ धुपिचौरस्थित माटाको एकतले घरमा लुकाइछिपाई राखिएको झण्डै पच्चिस सय केजी बराबरको जटामसी बरामद गरिएको डिभिजन बन कार्यालय डोल्पाले जनाएको छ ।

शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाड र डिभिजन बन कार्यालयको संयुक्त गस्ती टोलीले लुकाइछिपाई राखिएको जटामसी नियन्त्रणमा लिइएको डिभिजन बन कार्यालयका प्रमुख महेश कमाइले जानकारी दिनुभयो ।

सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ बमोजिम अनुसन्धान तहकिकात भई चोरी निकासीमा कानुनी कारबाही गरिने प्रमुख कमाइले बताउनुभयो । उहाँका अनुसार कसले कुन बनबाट खरिद गरेर ल्यायो कसरी लुकाई छिपाइ राख्यो भन्नेकुरा अनुसन्धान भइरहेको छ ।