आमा ! नेपाल आमा !
आमा, नेपाल म !
तिम्रो त हुँ नि सन्तान
तिम्रै त हुँ नि म !
केही अभावले म
केही दबाबले म
हुनसक्छ, यो पनि त
आफ्नै स्वभावले म
निदमै हिँडे कि म
बिउँझेपछि हिँडे
हुनसक्छ, यो पनि त
सपना लिएरै हिँडे
आमा ! नेपाल म
घण्टी बजेको सुन्छु
झसङ्ग बिउँझिइन्छु
आँखा मिचेर हेर्छु
परदेशमा पो हुन्छु
कसरी म जाऊँ फर्की
बाटो छ एकतर्फी
कहिले म जाऊँ फेरि
तोडेर यो, अँधेरी
आमा ! नेपाल आमा !
परदेशमा छु आज
को छ मसँग बोल्ने ?
साथी कहाँ कहाँ छन् ?
कोही छैन खै ? तकक भन्ने
सारा म किन्न सक्छु
किन् भन्छ, जे रहरले
के किन्न सक्छ होला ?
माया पनि, डलरले
आमा ! नेपाल आमा !
हाल : अमेरिका