• १३ असोज २०८१, आइतबार

प्रिमियर स्टिल उद्योगमा आगलागी

blog

प्रिमियर स्टिल उद्योगमा आगलागी भएपछि आगो निभाउँदै दमकल । तस्बिर : सचिन पोख्रेल

सचिन पोख्रेल

इटहरी, चैत ५ गते । सुनसरीको दुहवी नगरपालिका –२ मा रहेको प्रिमियर स्टिल उद्योगमा आगलागी भएको छ । आज १२ बजेदेखि उद्योगको तेल ट्याङ्कीमा भएको आगलागी पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । 

बिराटनगर, धरान, इटहरी, सुन्दरहरैचालगायतका विभिन्न स्थानबाट आएको आठवटा दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी रहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

तेल ट्याङ्कीमा आगलागी भएका कारण आगो निभाउन समस्या भइरहेको प्रहरी निरीक्षक बृद्धिराम चौलागाइले जानकारी दिनुभयो । अहिले आगलागी नियन्त्रणको काम भइरहेकाले के कति क्षति भएको हो यकिन गर्न नसकिएको प्रहरीको भनाइ छ ।