• १३ असोज २०८१, आइतबार

गुडिरहेको सुमोमा आगलागी

blog

शेरबहादुर राई

ओखलढुङ्गा, फागुन २६ गते । गुडिरहेको सुमो गाडीमा अचानक आगलागी भएको छ । काठमाडौँदेखि सोलुखुम्बुतर्फ आउँदै गरेको ना १ ज ८८८२ नम्बरको सुमोमा अचानक आगलागी भएको हो ।

सिद्धिचरण राजमार्ग अन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–७ हिलेपानी नजिक गुडिरहेको सुमोमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देबेन्द्र दासले बताउनुभयो । 

घटनामा मानविय क्षति नभएको प्रहरी निरीक्षक दासको भनाइ छ । सुमोमा नौजना यात्रु सवार हुनुहुन्थ्यो । उकालोमा गाडी अत्यधिक तातेका कारण वायरिङ् सर्ट भएर सुमोमा आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक केसीको नेतृत्वमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।