• १३ साउन २०८१, आइतबार

माओवादी धारका पार्टीको बैठक बालुवाटारमा सुरु

blog

बैठकका क्रममा छलफल माओवादी नेताहरू । तस्बिर: प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, फागुन २६ गते । माओवादी धाराका राजनीतिक दलहरूबिचको बैठक शुक्रवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा समसामयिक राजनीतिक घटना क्रमका बारेमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), सीपी गजुरेल, नेत्रविक्रम चन्द (विप्लव), कृष्णबहादुर महरा, खड्गबहादुर विक (प्रकाण्ड), कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायतका नेताहरूको सहभागिता छ ।