• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहलाई विश्वासको मत

blog

धनगढी, फागुन २१ गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाउनुभएको छ । ५३ सदस्यीय प्रदेश सभामा ५२ सदस्य उपस्थित हुनुहुन्थ्यो । मुख्यमन्त्री शाहले ४१ मत पाउनुभएको छ भने विपक्षमा ११ मत खसेको छ । शाह माघ २६ गते मुख्यमन्त्री नियुक्त हुनुभएको हो । 

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावल बहुमत जुटाउन नसकेर पदमुक्त हुनु भएपछि उपधारा (३) बमोजिम ठूलो दलको संसदीय दलका नेताको हैसियतले  शाह मुख्यमन्त्री बन्नुभएको हो । 

शाहलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) का सांसदले विश्वासको मत दिएका छन् । 

मुख्यमन्त्री शाहलाई नेकपा (एमाले) र राप्रपाले विश्वासको मत नदिएको हो ।