• १३ असोज २०८१, आइतबार

दुर्घटनामा एकको मृत्यु, एक घाइते

blog

विष्णु पोखरेल
दमक, फागुन २१ गते ।
झापामा सवारी दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

शनिबार बेलुका करिब साढे ५ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प ८२३७ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा झापा दमक नगरपालिका वडा नं. २ निवासी २० वर्षीय रिवाज पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दुर्घटनामा परी स्कुटर पछाडि सवार दमक नगरपालिका वडा नं. ८ का १८ वर्षीय सुरज चौधरी घाइते बन्नु भएको छ । चौधरीको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

स्कुटर चालक पौडेल गम्भीर घाइते बन्नु भएकोमा उपचारका लागि बिर्तामोडस्थित बिएण्डसि अस्पतालमा लगिएको थियो ।