• १३ असोज २०८१, आइतबार

बोलेरो दुर्घटनामा दुईको मृत्यु, आठ घाइते

blog

चिशंखुगढी गाउँपालिका देखी ओखलढुङ्गा सदरमुकाम जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको ज्यान भएको छ ।

शेरबहादुर राई

ओखलढुङ्गा, फागुन २१ गते । चिशंखुगढी गाउँपालिका देखी ओखलढुङ्गा सदरमुकाम जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

वडा नं.३ दियालेको राहुटार नजिकै बोलेरो दुर्घटना हुँदा अन्य आठ जना गम्भीर घाइते भएका छन् । स्थानीयद्वारा घाइतेहरूको उद्धार गरिएको चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताउनुभयो । गम्भीर घाइतेहरूलाई हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ पठाइएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । 

दुर्घटनामा मृत्यु भएका र घाइतेहरूको पहिचान हुन बाँकी रहेको प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।