• १३ असोज २०८१, आइतबार

सहकारीमा सङ्कट नल्याउन आग्रह

blog

दमक समाचारदाता

दमक, फागुन २१ गते । जिल्ला सहकारी सङ्घ झापाले अनावश्यक हल्ला र उक्साहटको पछाडि नलाग्न सहकारी संस्थाका सदस्यलाई आग्रह गरेको छ । श्रम र पसिनाबाट आर्जित रकम बचतका रूपमा जम्मा गरी सहकारीमार्फत लगानी गरिएको कर्जा नतिर्न अराजक र स्वार्थ समूहले योजनाबद्ध रूपमा हल्ला फिजाएर सहकारीमा सङ्कट निम्त्याउन खोजिएको आरोप लगाएको छ । 

सहकारी सङ्घसंस्था, सरोकारवाला निकाय, सहकारी संस्थाका सञ्चालक, कर्मचारी तथा सदस्य जिम्मेवार र जवाफदेही हुन आवश्यक रहेको पनि सङ्घका अध्यक्ष गणेश ढकालले बताउनुभयो । उहाँले ऋण नतिर्ने, नतिर्न उक्साउने, ब्याज महँगो भयो भनेर भ्रम सिर्जना गर्ने, समाजमा अराजकता र अनुशासनहीनता स्थापित गरी आफूले लिएको ऋण नतिर्ने कार्य स्वीकार्य हुनुहुँदैन भन्नुभयो । 

“स्वार्थ समूह, व्यक्तिको प्रभावमा परी भविष्यमा कुनै पनि प्रकारको कर्जा सुविधा उपभोग गर्न अयोग्य हुनेगरी कालोसूचीमा पर्न सक्ने सम्भावनालाई हेक्का राख्न हामीले सबै सहकारीका सदस्यलाई अनुरोध र अपिल गरेका छौँ,” उहाँले भन्नुभयो ।