• १३ साउन २०८१, आइतबार

छवटा बाछिटा कृति सार्वजनिक

blog

काठमाडौँ, फागुन २० गते । एकै पटक छ जना साहित्यकारले लेख्नुभएको छवटा बाछिटा कृति (अस्तित्व, अखण्ड, अनन्त, अक्षुण्ण, अस्मिता र अजस्र) सार्वजनिक भएको छ। कौशिकी साहित्य प्रतिष्ठानले शुक्रबार आयोजना गरेको बाछिटा कृति विमोचन तथा प्रतिभा सम्मान कार्यक्रमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई तथा विभिन्न स्रष्टाले एकैसाथ सार्वजनिक गर्नुभएको हो। 

कार्यक्रमलाई कुलपति राईले बाछिटा विधालाई प्रज्ञा–प्रतिष्ठानको सहयोग हुने बताउनुभयो। बाछिटा प्रवर्तक अमर त्यागीले बाछिटा विधा सुरु भएको छोटो समयमा नै आशा गरेभन्दा बढी बाछिटाकारहरूको उदय भएको र सो विधा प्रतीकात्मक र विम्बात्मक हुनुपर्ने उहाँको भनाइ छ। कृतिमा नेपाली समाजको वर्गीकरण, उदार भावना, प्रकृति, राजनीतिक कुरालगायत नारी शक्तिबारे प्रकाश पारिएको छ। बाछिटा कृति अस्तित्व कलानिधि दाहालले लेख्नुभएको हो भने अखण्डको लेखक खगेन्द्र बस्याल हो। यसैगरी ‘अनन्त’ कमला महत, ‘अक्षुण्ण’ भवानी पाण्डे, ‘अस्मिता’ सुधा बास्कोटा तथा ‘अजस्र’ नानीमैया सुनुवारले लेख्नुभएको हो।