• ८ पुस २०८१, सोमबार

प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउने गृहकार्य

blog

बुलबुले समाचारदाता,सुर्खेत, फागुन ९ गते । कर्णाली प्रदेश अस्पताललाई तीन वर्षभित्र स्वास्थ्य प्रतिष्ठानका रूपमा स्तरोन्नति गर्ने गरी काम अघि बढाइएको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार भौतिक पूर्वाधारका साथै स्वास्थ्य सेवामा सुधार भइरहेको छ । तीन वर्षमा प्रतिष्ठानका रूपमा स्तरोन्नति गरिने योजनाका साथ काम अघि बढेको छ ।

१७औँ स्थापना दिवसका अवसरमा अस्पतालका बारेमा आइतबार जानकारी दिँदै खड्काले दीर्घकालीन योजना बनाएर काम भइरहेको बताउनुभयो । यसका साथै बाल अस्पताल निर्माण गरी सेवा प्रवाह गर्ने, क्यान्सर रोगीको उपचारका लागि आवश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गरी सेवा सञ्चालन गर्ने योजनासमेत अस्पतालले अघि सारेको छ । डा. खड्काका अनुसार मुटु रोगीको लागि क्याथ ल्याब तथा डाक्टरको सुविधासहित सेवा, ट्रमा सेन्टर स्थापना र सञ्चालन गर्ने योजना बनाइएको छ । यो वर्ष मिर्गौला प्रत्यारोपण सेवासमेत सुरु गरेको छ । अस्पतालले भवनको तला थप निर्माण कार्यको थालनी गरेको छ । एमआरआई मेसिन खरिद प्रक्रियामा रहेको तथा १५० श-याबाट २५० शøयामा अस्पताल सञ्चालन गरेको निर्देशक डा. खड्काले जानकारी दिनुभयो ।