• १३ साउन २०८१, आइतबार

सांसद चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सफल

blog

काठमाडौं, फागुन ५ गते । खाना पकाउने ग्यास सिलिन्डरबाट ग्यास चुहिएर कोठामा आगो लाग्दा जलेर गम्भीर घाइते हुनुभएका सांसद डा.चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सफल भएको छ । भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार हुँदैछ । 

भण्डारीका स्वकीय सचिव माधव न्यौपानेका अनुसार पहिलो शल्यक्रिया सफल भएको हो । डा. चन्द्र भण्डारीको दुईवटा खुट्टामा गरिएको शल्यक्रिया सफल भएको छ।

उहाँका अनुसार दायाँ खुट्टामा बायाँको तुलनामा गहिरो घाउ रहेको छ । दोस्रो शल्यक्रियाबारे छलफल हुँदै गरेको उहाँले जानकारी दिनुभयो । 

न्यौपानेका अनुसार उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

बुधबार काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे खाना पकाउने ग्यास सिलिन्डरबाट ग्यास चुहिएर आगो लाग्दा जलेर भण्डारी र उहाँकी आमा गम्भीर घाइते हुनुभएको थियो । 

उहाँहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो। सांसद भण्डारीकी ८८ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ।