• १३ असोज २०८१, आइतबार

खेतबारीबाटै आलु चोरी

blog

आलु चोरी भएको क्षेत्र नियाल्दै किसान ।

उर्लाबारी ,फागुन २ गते। मोरङको पथरीशनिश्चरे २ कालापानीमा खेतबाटै आलु चोरी भएको छ। पथरी कृषि फर्मका सञ्चालक रुद्रमणि न्यौपानेले  लगाएको दुई बिगाहा क्षेत्रफलमध्ये १ कट्ठा जग्गाको आलु गत राति  चोरी भएको हो। 

न्यौपानेले दुई बिगाहा जग्गा लिजमा लिएर मौसम अनुसारको तरकारी र नगदे बाली लगाउँदै आउनु भएको छ। करिब दुई मन आलु खेतबाटै खनेर चोरले लगेको फर्मका सञ्चालक न्यौपानेले जानकारी दिनुभयो। 

आलु चोरी भएपछि न्यौपानेले जनप्रतिनिधि र प्रहरीलाई जानकारी गराउनु भएको छ। बजारमा नयाँ आलु प्रतिकिलो २५ रुपियाँमा बिक्री भइरहेको छ। मूल्य सस्तिएको बेला समेत वारि बाटै आलु चोरिएको पहिलोपल्ट हो ,स्थानीय गङ्गाप्रसाद सिग्देलले भन्नुभयो, ‘ कतै सुरक्षित रहेनन् ,किसान। न मल छ,न बीउ पाइन्छ।  बल्लबल्ल उत्पादन गर्‍यो खेतबारीबाटै चोरी हुन्छ।’