• १३ असोज २०८१, आइतबार

दुई सय २९ कुकुर र बिरालोको स्थायी बन्ध्याकरण

blog

भेटनेरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा बन्ध्याकरणका लागि ल्याइएका कुकुर । तस्बिर: राधा लुइँटेल

राधा लुइँटेल 

फिदिम, फागुन २ गते । पाँचथरमा २ सय १९ कुकुर र १० बिरालोको स्थायी बन्ध्याकरण गरिएको छ । रेबिज रोग नियन्त्रण कार्यक्रम अन्तर्गत यत्तिका कुकुर बिरालोको स्थायी बन्ध्याकरण गरिएको हो ।

बन्ध्याकरणका लागि भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले माघ २७ देखि २९ गतेसम्म शिविर चलाएको थियो । यस अवधिमा सामुदायिक ९९ र घरपालुवा कुकुर १ सय २० गरी २ सय १९ मध्ये  कुकुर तथा १० वटा बिरालोको बन्ध्याकरण गरिएको भेटनेरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका प्रमुख  मनोज महतोले जानकारी दिनुभयो । बन्ध्याकरण पछि सबै जनावरलाई रेबिजविरुद्वको खोप लगाइएको पनि उहाँले बताउनुभयो ।

बन्ध्याकरण गरिएका २१९ कुकुरमध्ये १ सय २३ भाले र ८६ पोथी छन् । यस्तै  १० बिरालोमध्ये ७ भाले र ३ पोथी रहेको कार्यालयले जनाएको छ । भेटनेरी अस्पतालले स्थायी बन्ध्याकरण गरेका कुकुर बिरालो फिदिम नगरपालिका र कुम्मायक गाउँपालिकाका हुन् ।