• ८ पुस २०८१, सोमबार

उधारोमा भन्सार महसुल

blog

हिल्सामा रहेको सिमेन्ट । फाइल तस्बिर

राजन रावत

हुम्ला, फागुन १ गते । यारी नाका भन्सार कार्यालयलाई केही दिन अघि चीनबाट आयात भएको व्यापारिक सामानको भन्सार महसुल उधारोमा राख्नुुपरेको छ । व्यापारी तथा निर्माण व्यवसायी हिल्सामा नभएको कारण भन्सारका कर्मचारीले आयात भएको सामान विवरण तयार गरेप नि महसुल उधारोमै राख्नुुपरेको हो ।

यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले चीनले एकतर्फी नाका खुलाएर आयात भएको सामानको भन्सार महसुल उधारोमा राख्नुुपरेको बताउनुुभयो । उहाँले सामान आयात गर्ने व्यापारी र निर्माण व्यवसायी कोही पनि हिल्सामा नभएको कारण सामानको भन्सार महसुल उधारोमा राख्नुुपरेको बताउनुुभयो । 

उहाँले आफू हिल्सामा पुुगेर आयात भएको सबै सामानको विवरण र लाग्ने भन्सार दस्तुुरको बिल काटे पनि रुपियाँ असुुल नभएको बताउनुुभयो । हाल व्यापारी र निर्माण व्यवसायी सबै काठमाडाैंमा रहेको कारण सो भन्सार महसुल असुुल गर्न आफू पनि काठमाडौं पुुगेको बताउँदै उहाँले सबै व्यापारीसँग सम्पर्क भइसकेको बताउनुुभयो । 

चीनबाट आयात भएको सामानको भन्सार महसुल दश लाख रहेको र त्यसका एक लाख असी हजार रुपियाँ मात्र असुल भएको बताउँदै उहाँले आठ लाख २० हजार रुपियाँ असुुल गर्न बाँकी रहेको बताउनुुभयो । 

भन्सार महसुल असुल भएको सामानमा खाद्यान्न र लत्ता कपडाको मात्र छ । असुल गर्न बाँकी रकम विकास निर्माण सामग्रीको छ । अब काठमाडौंमै असुुल गरेर नगद जम्मा गरिने भएको छ । गत पुस १३, १७, १८ र २१ गते गरि चार पटक एकतर्फी रुपमा चीनले नाका खुलाएर सामान नेपाल पठाएको थियो ।

जसमा ३४ गाडी सामान नेपाल भित्रिएको थियो । एघार हजार बोरा सिमेन्ट र तीन गाडी सरिया आयात भएको थियो । हिमपातले नारा लेकको सडक बन्द भएको कारण सो सामान पनि हिल्सामै थन्किएको छ ।