• १३ साउन २०८१, आइतबार

त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुरलाई निलम्बन गर्न सिफारिस

blog

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर । फाइल तस्बिर

काठमाडौं, माघ २७ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई पत्र लेखी पठाइएको छ ।

संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता राजेन्द्रकुमार केसीले विमानस्थलका महाप्रबन्धक ठाकुरले थाइ स्माइल एयलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएको जानकारी दिनुभयो ।

सो विषयमा जाँचबुझ गर्न ठाकुरलाई पदबाट निलम्बन गर्न प्राधिकरणका महानिर्देशकलाई लेखी पठाइएको प्रवक्ता केसीद्वारा विज्ञप्तिमा उल्लेख छ ।  उहाँका अनुसार उक्त विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइनेछ ।