• १२ असोज २०८१, शनिबार

नौ सहकारी गाभिए

blog

बुटवल समाचारदाता

बुटवल, मङ्सिर १९ गते । रुपन्देहीका नौवटा सहकारी संस्था गाभिएका (मर्ज) छन् । सहकारी संस्थाका पदाधिकारी तथा सदस्यको उपस्थितिमा शनिबार बुटवलमा आयोजित सहकारी एकीकरण कार्यक्रममा ती नौ सहकारी संस्था गाभिएर सिद्धबाबा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बनेको घोषणा गरिएको हो । 

सार्थक, आगन्तुक, शाइन, उपदेश, उपकार, जनप्रिय, सुसन्देश शुभश्री र वरदान बहुउद्देश्यीय सहकारी संस्था गाभिएर सिद्धबाबा सहकारी संस्थामा बनेको हो । 

सिद्धबाबा सहकारी संस्थाको कुल सदस्य सङ्ख्या २२ हजार ४१३ पुगेको यो सहकारी संस्थाको अचल सम्पत्ति दुई करोड ८१ लाख ६७ हजार १४७ र सेयर पुँजी तीन करोड ७१ लाख ४२ हजार ३०३ रुपियाँ भएको छ ।

सिद्धबाबा बहुउद्देश्यीय सहकारी तदर्थ समितिका अध्यक्ष प्रकाश खनालका अनुसार गाभिएपश्चात् सहकारी संस्थाको कुल निक्षेप ३३ करोड ४४ लाख ७२ हजार २८७ रुपियाँ पुगेको छ भने कर्जा प्रवाह २९ करोड ६२ लाख ८५ हजार ९८२ रुपियाँ भएको छ ।