• १२ असोज २०८१, शनिबार

सञ्चारमन्त्री कार्की एक मतले पछाडि : आफ्नै वडाको मतगणना हुँदै

blog

जयकृष्ण यादव

इनरुवा,  मङ्सिर १५ गते । सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा जारी छ । नेपाली कांग्रेसका उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा (एमाले) का उम्मेदवार जगदीशप्रसाद कुसियैतबीच  यस्ताे प्रतिस्पर्धा देखिएको हो । 

मतगणना अन्तिम चरणमा पु्ग्दा बराहक्षेत्र नगरपालिका वडा नं. १० को मतगणना सुरु भएको छ ।  

जारी मतगणनाको  पछिल्लो विवरणअनुसार मन्त्री कार्की एक मतले पछाडि पर्नुभएको छ । मन्त्री कार्कीको रुख चिह्नमा २९ हजार ६३१ मत प्राप्त भएको छ भने  एमालेका उम्मेदवार कुसियैतले २९  हजार ६३२ मतसहित अग्रता हासिल गर्नुभएको छ । अब ११ सय मत गन्न बाँकी रहेको छ । सो वडा सञ्चार मन्त्रीको घर भएको वडा हो ।