• ९ मंसिर २०८१, आइतबार

बैतडी प्रदेश सभा (क) मा एमालेका पाल विजयी

blog

गोकर्ण दयाला

बैतडी, मङ्सिर ८ गते । प्रदेश सभा निर्वाचनमा  बैतडी (क) बाट नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाल १२ हजार ८३१ मत लिएर विजयी हुनुभएको छ । नेकपा एमालेका बैतडी अध्यक्षसमेत रहनुभएका पालले मुख्य प्रतिस्पर्धी नेपाली काँग्रेसका वीरबहादुर विष्ट र काङ्ग्रेसबाटै बागी उम्मेदवार बन्नु भएका हरिमोहन भण्डारीलाई पछार्दै जित हासिल गर्नुभएको  हो । 

काँग्रेसका बागी उम्मेदवार भण्डारीले ११ हजार १८ मत र काँग्रेसका आधिकारिक उम्मेदवार विष्टले १० हजार ९५३ मत प्राप्त गर्नुभयो ।  प्रदेश सभा निर्वाचनमा  बैतडी (क) मा कुल ४० हजार १५५  मत खसेको थियो ।

यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीले समेत प्रदेशमा उम्मेदवारी दिएको थियो । नेकपा एकीकृत समाजवादीका नरेन्द्र विष्टले २ हजार १९४ मत प्राप्त गरेर चौथो स्थान प्राप्त गर्नुभएको छ ।