तनहुँ, मङ्सिर ८ गते । तनहुँको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ भारी मतान्तरले विजयी हुनु भएको छ । सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका श्रेष्ठ प्रतिस्पर्धी एमालेका रामबहादुर गुरुङले भन्दा चार हजार २१८ मत प्राप्त गर्नुभयो ।
श्रेष्ठले १५ हजार ३६३ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिनुभयो । गुरुङले ११ हजार १४५ मत प्राप्त गरेका छन् । यो प्रदेशमा ३६ हजार ४३१ मत खसेको थियो । प्रदेशमा व्यास नगरपालिका २, ३, ४, ७, ८, ९, १०, ११ र भानु नगरपालिकामा पर्दछ । यसअघि निर्वाचनमा कांग्रेसका गोविन्द भट्टराईलाई पराजित गरी गुरुङ विजयी हुनु भएको थियो ।