ठाकुरप्रसाद आचार्य
म्याग्दी, मङ्सिर ६ गते । म्याग्दीमा मतगणना पुन : सुरु गरिएको छ । मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि स्थगित भएको मतगणना फेरी सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिनुभयो ।
मालिका गाउँपालिका ५ देविस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको थियो । दलहरुबीच सहमति गरेर मतगणना थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।