• १३ असोज २०८१, आइतबार

निर्वाचन आयोगलाई विशेष धन्यवाद

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो : प्रधानमन्त्री देउवा

blog

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराको आसिग्राम माध्यमिक विद्यालयबाट मतदान गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, मङ्सिर ४ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताउनुभएको छ। आइतबार निर्वाचन सम्पन्न भएपछि निर्वाचन आयोगलाई धन्यवाद दिनुहुँदै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो। 

ट्वीटरमार्फत् आयोगलाई धन्यवाद दिनुहुँदै प्रधानमन्त्री देउवाले भन्नुभएको छ, ‘‘प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। यसका लागि निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु।’’ 

त्यसैगरी प्रधानमन्त्री देउवाले निर्वाचन सफल पार्न खटिएका कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार र पर्यवेक्षकलाई समेत धन्यवाद दिनुभएको छ। प्रधानमन्त्री देउवाले ट्वीटमा थप लेख्नुभएको छ, ‘‘निर्वाचन सफल गराउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी र पर्यवेक्षकमा धन्यवाद तथा आभार व्यक्त गर्दछु।’’