• १३ असोज २०८१, आइतबार

ईफाप्का अध्यक्षमा सिंह

blog

काठमाडौँ, मङ्सिर ४ गते । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण सङ्गठनहरूको छाता सङ्गठन (ईफाप्का)को अध्यक्षमा चयन हुनुभएको छ। 

माल्दिभ्सको राजधानी मालेमा शुक्रबार सम्पन्न ईफाप्काको ४५औँ सम्मेलनले अध्यक्षमा सिंहलाई चयन गरेको हो। ईफाप्काको महासचिवमा महासङ्घका सल्लाहकार इन्जिनियर वीरेन्द्रराज पाण्डे र बोर्ड सदस्यमा महासङ्घका केन्द्रीय सदस्य सुशीलकुमार श्रेष्ठ चयन हुनुभएको छ। वणानुक्रमअनुसार (ईफाप्का)का सदस्य राष्ट्रहरूले सङ्गठनको नेतृत्व गर्ने प्रचलनअनुसार माल्दिभ्सपछि नेपालको पालो आएको हो। यसअघि सन् १९९८ मा नेपालका गणेशलाल श्रेष्ठ ईफाप्का अध्यक्ष चयन हुनुभएको थियो। 

मालेमा आयोजित कार्यक्रममा ईफाप्काका निवर्तमान अध्यक्ष माल्दिभ्सका मोहमद अलि जनाले ईफाप्काको नयाँ अध्यक्षका रूपमा सिंहलाई कार्यभार हस्तान्तरण गर्नुभयो। अध्यक्ष सिंहसहित नयाँ कार्यसमितिका सबै बोर्ड पदाधिकारी र सदस्यहरूले आजै पद तथा गोपनीयताको शपथ लिनुभयो। नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ।