• १३ साउन २०८१, आइतबार

घट्यो सुनको मूल्य

blog

काठमाडौँ, मङ्सिर १  गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला रु. चार सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु. ९८ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. ९८ हजार तोकिएको हो

 । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९७ हजार नौ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा  प्रतितोला रु. १० ले घटेर रु. एक हजार दुई सय ८५ तोकिएको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।