• १६ भदौ २०८१, आइतबार

मादी नदीमा डुबेर एक जनाको मृत्यु

blog

फाइल तस्बिर

अमरराज नहर्की

तनहुँ, कात्तिक २६ गते। दमौलीस्थित मादी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। व्यास नगरपालिका पालिका-३ शान्तिनगर, दमौलीमा रहेको मादी नदीमा डुबेर सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका- १० का ६० वर्षीय झिलकबहादुर पौडेलको मृत्यु भएको हो।

नदीमा डुबेको ठाउँबाट एक एक किलोमिटर तल व्यास नगरपालिका- ५ पाटनमा स्थानीयले देखेपछि पौडेललाई उद्धार गरेका थिए।  उद्धार लगत्तै दमौली अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्ष युवराज खड्काले जानकारी दिनुभयो।