• १३ साउन २०८१, आइतबार

मुख्यमन्त्रीसँग तीन जनाको प्रतिस्पर्धा

blog

कन्हैयालाल केशरी 

पर्सा, कात्तिक २५ गते । मधेश प्रदेशका मुख्यमन्त्री उम्मेदवार भएको पर्सा क्षेत्र नं. १ (२) मा रोचक प्रतिस्पर्धा हुने भएको छ। मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। 

मुख्यमन्त्री राउतसँग कांग्रेसका जिल्ला उपसभापति रामनारायण कुर्मी, जसपाका पूर्वजिल्ला अध्यक्ष शशिकपुर मियाँ र लोसपाका तत्कालीन नगरअध्यक्ष ओमप्रकाश शर्राफसँग रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। 

मधेश आन्दोलनको अगुवाका रूपमा देखिएका शशिकपुर मियाँ र ओमप्रकाश शर्राफले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। मुख्य प्रतिस्पर्धा मुख्यमन्त्री राउत र नेपाली कांग्रेसका कुर्मीबीच हुने अनुमान गरिएको छ। स्वतन्त्र उम्मेदवार मियाँ र शर्राफले पाउने मतले निर्वाचन परिणाममा ठूलै असर पर्ने भएकोले मुख्यमन्त्रीलाई जित्न असहज हुने अनुमान गरिएको छ। 

वीरगञ्जलाई मधेश प्रदेशको राजधानी बनाउने भनिए पनि त्यो सफल नभएकोमा मतदाता असन्तुष्ट बनेका छन्। मधेश प्रदेशको ‘बेटी पढाऔँ, बेटी बचाऊँ’ कार्यक्रमका लागि खरिद गरिएको साइकलमा भ्रष्टाचार भएको आरोपउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ।  

नेपाली कांग्रेसका उम्मेदवार कुर्मी, स्वतन्त्र उम्मेदवार मियाँ र शरार्फ हालसम्म सार्वजनिक तथा लाभको पदमा नबसेकोले उहाँहरूमाथि आरोप लगाउनुभन्दा पनि निर्वाचित भए जिल्ला तथा यस क्षेत्रका लागि गर्ने भावी योजनाबारे मतदाताहरूले चासो राख्ने गरेका छन्।