• १३ साउन २०८१, आइतबार

ट्रेकिङ जाने क्रममा युवकको मृत्यु

blog

फाइल तस्बिर

सन्तोष राउत

सोलुखुम्बु, कात्तिक २४ गते । सोलुखुम्बुमा ट्रेकिङ जाने क्रममा एक युवकको ज्यान गएको छ । ज्यान जानेमा सोलुदूधकुण्ड नगरपालिका –१ रिङमुका २६ वर्षीय अम्बर लामिछाने (विश्वकर्मा) रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार चम्पा ट्रेकिङ प्रा.लि. काठमाडाैंमार्फत ट्रेकिङ आएका विश्वकर्माको महाकुलुङ गाउँपालिका –१ बरुन्चे बेस क्याम्पमा मृत्यु भएको हो । मृत्युकाे कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । 

हेलिकप्टरमार्फत सल्लेरी ल्याइएको युवकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शवगृहमा राखिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।