• ७ जेठ २०८१, सोमबार

प्रमुख आयुक्तसँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट

blog

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गर्नुहुँदै । तस्बिर : निर्वाचन आयोग

काठमाडौं, कात्तिक २४ गते । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले  शिष्टाचार भेट गर्नुभएको छ ।

बिहीबार आयोगको कान्तिपथस्थित कार्यायलयमा प्रमुख निर्वाचन आयुक्त थपलियासँग राजदूत डेप्रेजले भेटवार्ता गर्नुभएको हो ।

उक्त अवसरमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ र द्विपक्षीय सरोकारका विविध विषयमा छलफल भएको आयोगले जनाएको छ ।