• १३ साउन २०८१, आइतबार

एक हजार चार सयले बढ्यो सुनको मूल्य

blog

काठमाडौँ,  कात्तिक  २३  गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक हजार चार सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु. ९४ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. ९५ हजार चार सय तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९४ हजार नौ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९३ हजार पाँच सय थियो ।     

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. ३० ले बढेर रु एक हजार दुई सय ९५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।