• २० साउन २०८२, मङ्गलबार

आजको मौसमः हल्का वर्षाको सम्भावना

blog

काठमाडौं, असोज २७ गते । बिहीबार देसका अधिकांस भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा  उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ। जसको प्रभावले मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा  भइरहेको छ। 

आज दिउँसो प्रदेश १ र बागमती  प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। राती प्रदेश १ र बागमती  प्रदेशका थोरै  स्थानमा र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।